एनपिएल रोक्न मेरो संलग्नता छैन– खेलकुद मन्त्री

काठमाडौँ, असार २७ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

मन्त्री चौधरीले शुक्रवार विज्ञप्ति जारी गरी एनपिएल रोक्न आप्mनो संलग्नता रहेको भनी गलत प्रचार गरेको बताउनुभएको छ । ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनी प्रचार गरिनु गलत विषय हो ‘ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा एनपिएल को पहिलो संस्करणमा आयोजक संस्था नेपाल क्रिकेट संघको आन्तरिक आर्थिक कारोबार लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको विषय छानबिन गर्नका लागि पत्राचार भए बमोजिम नियमानुसार छानविन कार्यदल बनाएको जनाइएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भुमिका नखेल्न सम्बद्ध सबैमा अनुरोध गर्दछु– विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खेलकुद मन्त्री चौधरीले खेल संघ÷महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शीता प्रचलित कानुन नियमानुसार हुनुपर्ने पक्षमा आफू सदैव रहेको जानकारी पनि गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *