स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणबारे गरिएको नकारात्मक प्रचारप्रति लक्षित गर्दै त्यसलाई “झुट र घटिया” को संज्ञा दिनुभएकाे छ।

प्रधानमन्त्री ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, “सफल भ्रमणलाई ओझेलमा पार्न विरोधीहरूले स्पेनमा मान्छे छाडेर आयो जस्ता कुरा गरे, यस्ता घटिया प्रचारको जवाफ दिनु आवश्यक छैन।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेको निःशुल्क अनलाइन कक्षाका कारण यस वर्षको एसईई परीक्षाको नतिजामा १३ प्रतिशतले सुधार आएको दाबी समेत गर्नुभयो।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापालगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *