साथीसँग पौडी खेल्न गएका टोखाका युवकको नुवाकोटमा डुबेर मृत्यु

नुवाकोट, ३ साउन । साथीहरूसँग पौडी खेल्न नुवाकोट पुगेका काठमाडौँ, टोखाका एक किशोरको डुबेर मृत्यु भएको छ।

मंगलबार तादी खोलामा बेपत्ता भएका १९ वर्षीय उत्सव श्रेष्ठको शव बुधबार बिहान भेटिएको हो।
उनी दुप्चेश्वर गाउँपालिका-६ स्थित तादी खोलाको दहमा पौडी खेल्दाखेल्दै अचानक बेपत्ता भएका थिए।

घटनापछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र दुप्चेश्वर गाउँपालिकाको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो। निरन्तरको प्रयासपछि साउन ३ गते विहान, गाउँपालिका–५ स्थित झोलुङ्गे पुलमाथि र भ्याङ्लेको पक्की पुलभन्दा केही तलको खोलामा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतकको परिवारको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी घटनास्थलमै मुचुल्का तयार गरिएको थियो। त्यसपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, नुवाकोट पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *