सोङनाम ओपन तेक्वान्दोमा नेपालको शानदार प्रदर्शन

काठमाडौँ, ५ साउन ।सोङनाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा नेपालले शानदार प्रदर्शन गरकेो छ । दक्षिण कोरियामा भएको प्रतिष्ठित तेक्वान्दो प्रतियोगितामा एपीएफका निरज देउवाले ग्यारोगी ८७ केजी तौल समूहमा स्वर्ण पदक जिते ।

यसैगरी सोङनाम शहरमा जुलाई १९ र २० गते भएको प्रतियोगतामा सीता तामाङ, जितबहादुर बोट प्रेमबहादु लिम्बुले दोहोरो स्वर्ण जिते । ४० वर्ष मुनि सिताले व्यक्तिगत र जोडी, जितबहादुरले जोडी र टिम तथा प्रेमबहादुरले व्यक्तिगत र टिम विधामा स्वर्ण पदक जितेका हुन् । यसैगरी टिममा स्वर्ण जित्नेमा अन्जन चौधरी पनि थिए ।

३० वर्ष मुनि रमिला लामाले व्यक्तिगत विधामा स्वर्ण पदक हासिल गरिन् । नेपालका लागि स्वर्ण जित्ने खेलाडीमा निरजबाहक सबै नेपाल पुलिस क्लबका हुन् । सो प्रतियोगितामा ४५ देशका करीब दुई हजार खेलाडीको सहभागिता रहेको बताइएको छ ।

क्षेत्री निर्णायकको भूमिकामा

सो प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक निर्णायकको भूमिका निर्वाह गरे । दुई हप्ताअघि मात्र उनले दक्षिण कोरियाकै पुसानमा भएको विश्ववरियता २०२५ किमुन्योङ कप तेक्वान्दो च्याम्पियनसिपमा पनि निर्णायक बन्नुभएको थियो ।

सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालालई खोलडीका रुपमा स्वर्ण पदक दिलाउने क्षेत्री अहिले अन्तर्राष्ट्रिय निर्णायकको रुपमा व्यस्त छन् । हालै अमेरिकामा भएको युएस ओपनमा लगातार तेस्रो पडटक निर्णायक बन्ने क्षेत्रीले यसअघि सन् २०२३ मा लस भेगास र गत वर्ष रेनोमै भएको युएस ओपन च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाएका थिए ।

यसैगरी दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा पनि रेफ्री बनेको अनुभव उहाँसँग छ ।

क्षेत्री गत अप्रिलमा विश्व मुख्यालयको तेक्वान्दो कोरियाको विदेश विभागको उपाध्यक्षमा मनोनित भएको पहिलो विदेशी बनेका थिए । खेलकुद क्षेत्रमा पुरएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।