काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

काठमाडौँ, ७ साउन । काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबले काश्य पदक जितेको छ ।

माल्दिभ्सको मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई २५–२०, २५–१५, २०–२५, २५–२३ ले पराजित गर्यो । एक दिनअघि समूह चरणको अन्तिम खेलमा पोर्ट अथुरिटीलाई नै सोझो सेटमा ३–० ले हराएको थियो ।

सो खेल जितेपछि नेपालले किर्गिस्तानको बिस्केकसाग समान ११ अङ्क बनायो । तर दुई सेट बढी हारेको आधारमा नेपाल फाइनलमा पुग्नबाट वञ्चित भयो ।

छ टोली सहभागी प्रतियोगितामा समूह चरणमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने प्रावधान रहेको छ ।