प्रधानमन्त्री ओली र तुर्कमेनी राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सम्मेलनका क्रममा आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्नुभएको छ।

उहाँहरूबीच आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको जनाइएको छ। यो भेटवार्ता तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्र (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अवसरमा भएको हो।