आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २५ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा भारततर्फ आफ्नो सरदर स्थानमा रहेकाले देशभर वर्षाको सक्रियता बढेको हो।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार राति पनि कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मधेस, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा धनुषाको तुलसीमा १०३.२, सर्लाहीको परवानीपुरमा ८१.२, सिन्धुपाल्चोकको मानेखर्कमा ८८, र कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *