हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित आठ पदक
काठमाडौँ, २५ साउन । नेपालले आइतबार आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा पाँच स्वर्ण र तीन रजत पदक जितेको छ ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टोली नेता बब्लु शिवाकोटीका अनुसार थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा नेपालका लागि केशव थापा, सोया चक्रधर, देवश्री निहारिका गन्जा, पूनम श्रेठ र फिरोज श्रेष्ठले स्वर्ण पदक जिते । राजन भण्डारी, रित्विक हमाल र दियोन महर्जन फाइनलमा निराश बने ।
केशवले ४० वर्ष मुनि पूम्सेमा, सोयाले ४६ केजी माथि, पूनमले ५० वर्ष मुनि पूम्से, फिरोजले ५० वर्ष मुनि पूम्से र नेहारीकाले १७ वर्ष मुनी पुम्सेमा स्वर्ण पदक जितेका छन् । राजन ३० वर्षमुन पूम्से, रित्विक १४ वर्ष मुनि पूम्से र दियोन १७ वर्ष मुन उमेर समूहमा रजत पदकमा सीमित बनेका हुन् ।