नेपालको साफ यु १७ महिला च्याम्पियन्सीप जित्ने लक्ष्य

काठमाडौँ, ३ भदौ । भुटानको चाङलिमिथाङ रङगशालामा बुधबार साफ यू–१७ महिला च्याम्पियन्सीप सुरु हुँदैछ । जसमा ले उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले मङगलबार प्रिम्याच कन्फरेन्समा नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताए । उनले भने– अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्देश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन् । प्रशिक्षक श्रेष्ठले टेक्निकल र ट्याक्टिकल पक्षमा काम गरेकोले सिकाए अनुसार खेलेमा नेपाल उपाधि जित्न सक्षम छ, भने ।

यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बङगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । डबल राउण्ड रोबिन लिगमा हुने प्रतियोगितामा सबैभन्दा बढी अङक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ ।

नेपालको पहिलो खेल भारतसँग छ । ‘भारत बलियो टोली हो । अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं । बितेको संस्करण गरेका गल्तीहरुलाई हामीले यसपालि सच्याएका छौं । सबै टेक्निकल एरियामा काम भएको छ । खेलाडीले मौकालाई सदुपयोग (क्यापिटलाइज) गर्ने हो भने हामी भारतलाई हराउँछौं’ प्रशिक्षक श्रेष्ठ भन्छन् ।

उहाँले थपे– टिम गेममा हामीले ध्यान दिएका छौं । मैले जित्नै पर्छ भन्ने दबाब लिएको छैन । दबाब लियो भने खेलमा असर पर्छ । खेलाडीहरुले आफूले जाने सिकेका कुराहरुलाई सकेसम्म खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु । आशा छ हामी सकारात्मक नतिजा ल्याउन सक्छौं ।

बुधबार सुरु हुने प्रतियोगता अगस्ट ३१ सम्म चल्नेछ । नेपालको पहिलो खेल भारतसँग छ ।

यसैगरी कप्तान भूमिका बुढाथोकीले ड्रेसिङ रुमको माहोल राम्रो छ भन्दै टोलीमा जितको भावना छ, सबै आ–आफ्नो ठाउँमा राम्रो छ र सबै जित्नका लागि मोटिभेटेड भएको भनाइ राखिन् । उनले नेपाली समर्थकहरुलाई साथ र हौसला दिनुहुन अनुरोध पनि गरेकी छन् ।

नेपालले उद्घाटन दिन भारतसँग खेलेपछि नेपालले शुक्रबार भुटान र आइतबार बङगलादेशको सामना गर्नेछ । त्यसपछि नेपालले दोस्रो चरणमा नेपालले बङगलादेशसँग अगस्ट २७, भारतसँग अगस्ट २९ र भुटानसँग अगस्ट ३१ मा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बटिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *