साफ यू–१७ महिला च्याम्पिनयसिप

सहाराको दुई गोलले भुटानविरुद्ध नेपालको पुनरागमन जित

काठमाडौँ, ६ भदौ । साफ यू–१७ महिला च्याम्पिनयसिपमा नेपालले शुक्रबार घरेलु टिम भुटानलाई २–१ ले हराएको छ । नेपालले पुनरागमन जित हात पारेको हो ।

थिम्पुस्थित चाङलिमिथाङ रङगलशालामा भुटानले पहिलो गोल गरेको थियो । खेलको ४२ औँ मिनेटमा कुन्डेम सोनामा सेगलले कर्नरको उपयोग गर्ने क्रममा सशक्त हेड गोल गरेपछि भुटानले अग्रता बनाएको थियो । तर साहारा लिम्बुले मध्यान्तरपछि दुई गोल गरी नेपाललाई जित दिलाउनुभयो ।

खेलको ५८ औँ मिनेटमा डिबक्सबाहिरबाट सहारा लिम्बुले गोल गरी नेपाललाई खेलमा फर्काएकी थिइन् । खेलका ७६ औँ मिनेटमा सहाराले डिबक्सबाहिरबाटै सशक्त प्रहारमार्फत् अर्को गोल गरिन् ।

यससघि, यस जितसँगै पहिलो खेलमा भारतसँग ७–० ले हारेको थियो । नेपालले यस जितसँगै दुई खेलबाट तीन अङ्क प्राप्त गरेको छ । शुक्रबारै भएको पहिलो खेलमा शीर्ष स्थानम ारहेको भारतले बङगलादेशलाई २–० ले हराएर लगातार दोस्रो जित प्राप्त गरेको थियो ।