इन्द्रजात्राको साइत सार्वजनिक: याेसिं काट्नेदेखि ढाल्नेसम्मको तालिका यस्तो छ

काठमाडौँ, ९ भदौ । काठमाडौँको ऐतिहासिक पर्व इन्द्रजात्राको साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि सुरु भई १७ दिनसम्म चल्ने जात्राको सम्पूर्ण तालिका घोषणा गरेको हो।

जात्राको मुख्य दिन, इन्द्रध्वजोत्थान अर्थात् याेसिं ठड्याउने साइत भदौ १९ गते बिहीबार बिहान १०:३१ बजेका लागि तोकिएको छ।

समितिका अनुसार जात्रा आज भदौ ९ गते बिहान वनयात्रासँगै सुरु भइसकेको छ भने आजै राति ९:०३ बजे इन्द्रध्वजका लागि रूख काट्ने साइत रहेको छ।

यस्तो छ जात्राको पूरा तालिका:
भदौ १५, आइतबार: काटिएको याेसिंलाई भोटाहिटीबाट नगर प्रवेश गराइने।
भदौ १९, बिहीबार: बिहान १०:३१ बजे हनुमानढोकामा इन्द्रध्वजोत्थान (याेसिं ठड्याइने)।
भदौ २१, शनिबार (मुख्य दिन): राष्ट्राध्यक्षको उपस्थितिमा कुमारी रथयात्रा (तल्लो टोल)।
भदौ २२, आइतबार: माथिल्लो टोलमा रथयात्रा।
भदौ २६, बिहीबार: नानिचा यात्रा र राति १०:३२ बजे इन्द्रध्वज पातन (याेसिं ढालिने)।

यस वर्ष समितिमा पदाधिकारी रिक्त रहेकाले साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सार्वजनिक गरिएको हो। भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको जात्राको समापन आश्विन कृष्ण चतुर्थीमा याेसिं ढालेपछि हुनेछ, जसमा राष्ट्रपतिले कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *