इम्बोस्ड नम्बर प्लेटमा तत्काल कारबाही हुँदैन, हल्लाको पछि नलाग्न यातायात विभागको आग्रह

काठमाडौँ, ११ भदौ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीलाई असोज १ गतेदेखि कारबाही गरिने भनी फैलिएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै तत्काल कुनै पनि किसिमको दण्ड, जरिवाना वा कारबाही नगरिने बताएको छ। सामाजिक सञ्जालमा गरिएको भ्रामक प्रचारको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ।

बरु, विभागले सवारीधनीलाई आफ्नो अनुकूल समयमा स्वैच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरी सवारी प्रणालीलाई डिजिटल बनाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ। जडान प्रक्रियालाई सहज बनाउन यातायात कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्ति तयार राखिएको विभागले जनाएको छ।

इम्बोस्ड प्लेटमा प्रयोग हुने भाषाबारे सर्वोच्च अदालतले अङ्ग्रेजी लिपि प्रयोगमा कुनै कानुनी अड्चन नरहेको फैसला गरिसकेको पनि विभागले स्मरण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *