प्रधानमन्त्री ओलीको संसदमा विशेष सम्बोधन आज: चीन भ्रमण र लिपुलेक मामिलामा जानकारी गराउने

काठमाडौं, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने हुनुभएको छ।
भोलि शनिबारदेखि सुरु हुने आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले संसदलाई भ्रमणका उद्देश्य र एजेन्डाबारे जानकारी गराउनुहुनेछ।
प्रधानमन्त्री ओलीले यसअघि नै लिपुलेक मामिलामा भारत र चीन दुवैसँग स्पष्ट कुरा राख्ने बताइसक्नुभएको छ। उहाँले संसदको विश्वास लिएर चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस संवेदनशील विषयमा छलफल गर्ने जनाउनुभएको छ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यस भ्रमणले नेपालको परराष्ट्र सम्बन्धमा थप आयाम थप्ने अपेक्षा गरिएको छ।