चलचित्र ‘पारस’ को घोषणा: कृषा चौलागाईंको कथा र निर्देशनमा नयाँ सिर्जना

काठमाडौँ, भदौ २० । ‘पिताम्बर’ जस्ता सफल चलचित्रकी निर्देशक कृषा चौलागाईंले आफ्नो नयाँ चलचित्र ‘पारस’ को निर्माण घोषणा गरेकी छन्। बुधबार आफ्नो जन्मदिनको विशेष अवसर पारेर कृषाले नयाँ परियोजनाको घोषणा गरेकी हुन् । जसमा कथा र निर्देशन दुवैको बागडोर उनैले सम्हाल्नेछिन् ।
यो चलचित्र कृषाका भाइ विशाल चौलागाईंको लगानीमा निर्माण हुनेछ। यसअघि पनि विशालले कृषाका विभिन्न चलचित्रहरूमा लगानी गरेका छन् । जसले गर्दा यो सहकार्यलाई निरन्तरता मिलेको छ ।
निर्माण पक्षले चलचित्रको छायाङ्कन (डिओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानलाई दिएको जानकारी दिएको छ । कृषा र पुरुषोत्तमबीचको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ऐंचो पैंचो’ र ‘पिताम्बर’ जस्ता सफल चलचित्रहरूमा सँगै काम गरिसकेका छन् । निर्माता विशालको पनि यो टिमसँगको यो तेस्रो सहकार्य हो, जसले उनीहरूको बलियो बन्धन र विश्वासलाई दर्शाउँछ ।
‘केपी फिल्म्स’ को ब्यानरमा निर्माण हुने यो चलचित्र फागुनबाट छायाङ्कनमा जाने तयारीमा छ । दर्शकहरूले यस नयाँ चलचित्रबाट कृषाको सिर्जनात्मक दृष्टि र कलात्मक प्रस्तुतिको अर्को सुन्दर उदाहरण हेर्न पाउने अपेक्षा गरिएको छ ।