विश्वकप छनोटमा जर्मनी र बेल्जियमको जित
लन्डन, २३ भदौ । विश्वकप छनोटअन्तर्गत समूह एमा जर्मनीले उत्तरी आयरल्यान्डलाई ३–१ ले हराएको छ । विश्वकप छनोटमा जर्मनीको यो पहिलो जित भएको छ । पहिलो खेलमा जर्मनीलाई स्लोभेनियाले जर्मनीलाई २–० ले हराएको थियो सोही समूहमा स्लोभाकयाले लक्जेम्वर्गलाई १–० ले हराएर शीर्ष स्थान बनायो ।
समूह जीमा बेल्जियमले काजखस्तानलाई ६–० ले पराजित गर्यो । बेल्जियमका लागि केभिन डि बु्रयन र जेरेमी डोकुले दुई–दुई गोल गरे । बेल्जियम चार खेलमा दस अङ्कसहित दोस्रो स्थानमा छ ।
बेल्जियमभन्दा एक अङ्क बढी बनाएको उत्तरी मेसिडोनिया शीर्ष स्थानमा छ । सोही राति उत्तरी मेसिडोनियाले लिच्टेन्स्टाइनलाई ५–० ले हराएको थियो । अविजित उत्तर मेसिडोनियाले पाँच खेलमा तीन जित र दुई बराबरीमा खेलेको छ ।