जेएनजी आन्दाेलनमा भएकाे घटनाकाे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा
काठमाडौं, २३ भदाै । सरकारले जेएनजीकाे नयाँबानेश्वर लक्षित प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन । भोलिसम्म टुंगिएर आउँछ होला ।’