नेपाल युवा फुटबल टिम श्रीलङ्का पुग्यो

काठमाडौँ, २८ भदौ  । नेपालको यु १७ फुटबल टिम शनिबार साँझ दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा खेल्न श्रीलङ्का पुगेको छ ।

श्रीलङ्काको रेसकोस अन्तर्राष्ट्रिय रङगशालामा हुने प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ तारिखसम्म हुँदैछ । नेपाल समूह एमा रहेको छ । सो समूहमा नेपालसहित श्रीलङ्का र बङगलादेश पनि रहेका छन् । नेपालले उद्घाटन दिन सोमबार घरेलु टोली श्रीलंकासँग खेलेर प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले तीन दिनपछि बङगलादेससँग खेल्नेछ ।

समूह ‘बी’ मा गत वजेता भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् । यस संस्करणमा नेपाली युवा टिमको नेतृत्व डिफेन्डर प्रशान्त मोक्तानले गर्नेछन् । नेपाली टिमको प्रमुख प्रशिक्षकमा सञ्जीत सिंह रहेका छन् ।

नेपाली टिम

गोलरक्षकः पेम्बा नुर्बु भोटे, राम बोहरा, विशेष बानियाँ

डिफेन्डरः प्रशान्त मोक्तान (कप्तान), दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का

मिडफिल्डरः प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान

फरवार्डः समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *