जेनजी प्रदर्शनका क्रममा भागेका दार्चुलाका अन्ठाउन्न कैदीबन्दी कारागार फर्किए
दार्चुला, २ असोज । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते दार्चुलाकाे जिल्ला कारागारबाट भागेका ७१ कैदीबन्दीमध्ये ५८ जना फर्किएका छन् ।
भागेका मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिनुभयो । भागेका कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
भागेका कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।