बालाजु माछापोखरीमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

काठमाडौं, ५ असाेज । काठमाडौंकाे माछापोखरीमा आज बिहान बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

तारकेश्वरबाट आउँदै गरकाे बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको थियाे। घाइतेहरूकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।