नेपाली क्रिकेट टिमको नयाँ जर्सी

काठमाडौँ, ७ असोज । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ । यसैगरी जर्सीको अगाडिको भागमा प्रायोजक नासा सेक्युरिटिजको लोगो छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
सो नयाँ जर्सी लगाएर नेपाली क्रिकेट टिमले युएयमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टि२० शृङ्खला खेल्नेछ ।