‘सोच’ मेरो दुःख, सुख, सङ्घर्ष, आशा र विश्वासको कथा होः कर्ण शाक्य (भिडियो संवाद)
लेखक, पर्यटन व्यवसायी तथा संरक्षणविद् कर्ण शाक्यसँग मैत्रिन्युजले कुराकानी गरेको छ । उहाँले आजभन्दा करिब १८ वर्षअगाडि निकालेको ‘सोच’ पुस्तक लोकप्रिय बन्यो । त्यो पुस्तकको सन्दर्भ, उहाँले पर्यटन क्षेत्रमा गरेको योगदान, पुस्तक लेखनको हुटहुटीलगायतका विषयमा समेत केन्द्रित भएर उहाँसँग कुराकानी गरेका छौँ । उहाँले सोँचसँगै करिब ११ बढी पुस्तक प्रकाशन गर्नुभएको छ ।
‘अरूको आँखाबाट हेर्न सकौँ, अरूको कानबाट सुन्न सकौँ र अरूको मनबाट मनन गर्न सकौँ’ भन्ने सोँचका कर्ण शाक्य ‘कर्ण सकारात्मक कोष’ सँग पनि आवद्ध हुनुहुन्छ । उहाँसँग हामीले यो बसाइमा सकारात्मक सोचका विषयमा मात्रै बढी केन्द्रित भएर कुराकानी गरेका छौँ । हामीले थोरै उहाँले पर्यटन व्यवसायमा गर्नुभएको योगदान र यो ठाउँसम्म आउँदा र यो समयसम्म के–के कामहरू गर्नुभयो ? उहाँका सकारात्मक सोच केण्के छन् ? यी विषय र भर्खरै निक्लेको ‘माबा’ भन्ने पुस्तकसँग पनि केन्द्रित भएर कुराकानी गरेका छौँ । उहाँसँगको भिडियो सम्वाद