नवरात्रि मेला लाग्ने टोखाको मनोरथ तीर्थ, जुन अहिले अतिक्रमणको शिकार बनेकाे छ
काठमाडाैं, ११ असाेज । नवरात्रिकाे छैठौं दिनकाे मेला लाग्ने मनाेरथ तीर्थ काठमाडौंको उत्तरी क्षेत्र टोखामा पर्दछ ।
यहाँ नवरात्रिकाे छैठौं दिन आज स्नान गरेर पीठका रुपमा फुसिंख्यः मनमैजुस्थित मनमय्जु (इन्द्रायणी) लाई पूजा आराधना गर्दछन् । यो तीर्थमा स्नान गर्नाले मनमा उत्पन्न हुने राग, द्वेष, मोह जस्ता खराब भावनाबाट मुक्ति मिल्दछ भन्ने विश्वास गरिन्छ ।
मनोरथ तीर्थकाे नदीहरु पूरै अतिक्रमणको शिकार बनिसकेको छ । अहिले नदी किनारमा रहेको एउटा सत्तल र प्रस्तरको चैत्य मात्र बाँकी रहेको देखिन्छ । नदीमा बगिरहेको पानीमा पनि ढलकै मात्रा बढी देखिन्छ ।
तस्बिरहरू……