मेयर बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियु पुग्यो प्रहरी परिसर

काठमाडौं, १२ असोज । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडाल, अनेरास्ववियुका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको छ । उनीहरुले जेनजी आन्दोलनका नाममा तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरुविरुद्ध उजुरी दिन लागेका हुन् ।

भदौ २४ मा जेनजी आन्दोलनको क्रममा संसद भवन, सिंहदरबार, सर्वोच्च, प्रहरी कार्यालयहरू लगायतमा तोडफोड र आगजनी भएको थियो । काठमाडौंका मेयर साहले करीब दुई वर्ष अघि सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए भने अहिले जेनजी आन्दोलनका नाममा ती ठाउँमा आगो लगाउने काम भएको थियो । जेनजी आन्दोलनपछिको अवस्थामा साह र गुरुङले आफूहरुलाई सबै भन्दा बढी नेतृत्वमा देखाउने प्रयास गरेका छन् ।