मेयर बालेन र सुदन गुरुङविरुद्धकाे जाहेरी प्रहरीले बुझ्यो, दर्ता प्रक्रियामा जाँदै

काठमाडौं, २१ असाेज । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएका छन् ।
प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता प्रक्रियाकाे २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताए ।
उनले भने, ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ ।’
उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए । उनले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने बताए ।
अखिलले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोप लगाएका छन् ।