सुशीला कार्कीको डरले केपी ओली भाग्दैन, यो विदेशीले बनाएको सरकारको होः केपी ओली

भक्तपुर, असोज २३। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अन्तरिम सरकारले तमासा गरिरहेको आरोप लगाउनु भएको छ । उहाँले यो सरकार हाहाहुहुबाट बनेको सरकार भएको पनि अरोप लगाउनुभयो । ओलीले यो विदेशीले बनाएको सरकार भएको भन्दै आफ्नो पासपोर्ट रोक्का गर्ने काम तमासा भएको पनि आरोप लगाउनुभयो ।

‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्री भाईलाई नहौसिन र नउत्ताउलिन सुझाव दिन्छु ।’ उहाँले यो देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको पनि उल्लेख गर्नुभयो । त्यसैले आफूलाई नजिस्क्याउन पनि चुनौति दिनुभयो ।

‘हामीले जनताको शासन ल्याउँछौँ भनेर लडेका हौँ, ल्यानएका पनि हौँ,’ उहाँले भन्नुभयो, ‘कहिलेकाँही यस्तो पनि हुँदो रहेछ । अहिले देशमाथि हमला भएको छ । षडयन्त्रको मतियार भएर को–को आउँछन् हामी सामना गर्न तयार छौँ । उहाँले जेनजीप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै जेनजी भनेर केही युवालाई भ्रममा पारेर नेपालको अस्मिता लुट्ने प्रयास भएको उहाँको भनाई छ । ‘प्ट्रोल जेनजीले फ्याँकेको हो ? होइन,’ उहाँले भन्नुभयो, ‘जेनजीका नाममा पछि बसेर अरुले गरेका हुन् ।’ उहाँले अराजकता स्थायी नहुने भन्दै देशलाई कानुनी राजमा फर्काउने पनि चुनौति दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *