कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का मनोनित
काठमाडौँ, २८ असाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले विधानअनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्। सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सो जानकारी दिएकी हुन्।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। आज सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गरेपछि असोज ३० गते बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। यसअघि देउवा केही समययता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।