काठमाडौंको नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु
काठमाडौँ, २९ असोज। यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा सिरानचोक–४ घर भई हाल २३ वर्षीय बालकृष्ण परियार रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
गएराति नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको बागमती बिएबी ०३६५ नम्बरको जिप र नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक परियारको उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ।