नेपाल आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको च्याम्पियन

काठमाडौँ, ३१ असोज । सुपर सिक्सको अन्तिम खेमला सामोआलाई १२४ रनले हराएपछि नेपाल आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको च्याम्पियन भएको छ ।

ओमानमा शुक्रबार भएको प्रतियोगतामा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालले सुपर सिक्सको दुई खेलअघि नै आगामी टि२० विश्वकपमा पनि स्थान सुरक्षित गरेको थियो । नेपालले तेस्रो पटक टी–२० विश्वकपमा पुगेको हो । यद्यपिले नेपालले विश्वकप छनोट प्रतियोगिता नै जितेको यो पहिलो पटक हो । यस छनोटबाट तीन टिम विश्वकपमा चयन हुने प्रावधानअनुरुप उपविजेता ओमान र तेस्रो हुने संयुक्त अरब इमिरेट्सले पनि अगामी टि२० विश्वकप खेल्नेछ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

सुपर सिक्सको शीर्षस्थानमा रहेको नेपाले १० अङ्क बनायो । दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स (युएई) ले ६ अङ्क जोड्यो । सुपर सिक्समा चार अङ्क बनाएको कतार चौथो, दुई अङ्क बनाएको जापान पाँचौँ र अङ्कबिहीन सामोआ अन्तिममा रह्यो । छनोट खेलमा कूल नौ टोलीले भाग लिएका थिए ।

सामोआविरुद्ध सहज जित

नेपालले सामाओवरुद्ध पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकटको क्षतिमा २११ रन बनाएको थियो । सामोआ निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८७ रनमा समेटियो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन र वेन्जामिन माइलाटाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि स्पीनर ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यसैगरी करण केसी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले एक विकेट हासिल गरे ।

यसअघि नेपालका लागि ओपनर आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पालि खेलेका थिए । आसफले ४१ ब्लमा सात चौका र चार छक्कासहित सर्वाधिक ६९ रन बनाए । आसिफ नै प्लेअर अफ दि म्याच घोषित भए । दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५३ रनको पालि खेले । यसैगरी लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१, कुशल भुर्तेलले १७ र आरिफ शेखले नौ रन बनाए ।

सामोआका लागि सौमानी ताई, डारियस भिसर, नोह मेड र डेनियस वर्गले विकेट लिए ।