आईसीसी विश्वकप क्रिकेट लिग-२: यूएईविरुद्ध कप्तान रोहित पौडेलको शतक
काठमाडौं, १३ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे । ओडिआईमा रोहितको यो दोस्रो शतक हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएर खेलिरहेको छ ।