संगीतकार सन्तोष श्रेष्ठको स्वरमा ‘रारा तिमी स्वर्गकी अप्सरा’
काठमाडाैं, १८ कात्तिक । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठकाे संगीत र स्वरमा कवि तथा गजलकार रूपक अलंकारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ बजारमा आएकाे छ ।
स्रग्विणी छन्दमा रचना गरिएको कविता रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’मा संगृहीत छ। उक्त छन्द कवितालाई संगीत गरेर कीर्तिमानी संगीतकार श्रेष्ठले गाएका हुन् ।
‘छन्दको कोकलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ’, संगीतकार श्रेष्ठले भन्नुभयाे , ‘संगीतमैत्री शब्दहरू पनि भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ।’
कवि रूपककाे ‘शान्त शर्वरी’बाट २ वटा कवितासंगीतकार श्रेष्ठले गाउनुभएको छ भने ‘उहाँले यसअघि पञ्चचामर छन्दमा `म हूँ स्वतन्त्र रापती´ कविता पनि गाउनुभएको छ’।