शैक्षिक भ्रमणमा गएका विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना, एघार जना घाइते

पाल्पा, ५ मङ्सिर । शैक्षिक भ्रमणमा गएका विद्यार्थी बोकेको बस आज बिहान पाल्पामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शैक्षिक भ्रमणमा दाङबाट पुगेका विद्यार्थीहरू रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीेहरुको अवस्था सामान्य रहेकाे प्रहरीले जनाएका छन् ।