सिंहदरबार र न्यायलय खरानी बनाउने हात राष्ट्रवादी हात होइनन्ः दीपक धामी (भिडियो संवाद)
नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुमा अहिले दीपक धामीले अध्यक्षको नयाँ जिम्मेवारी पाउनु भएको छ । अनेरास्ववियुको सचिवको जिम्मेवारीमा रहनु भएका धामीले केही दिन अघि मात्रै अध्यक्षको जिम्मेवारी पाउनु भएको हो । नयाँ जिम्मेवारी सम्हालेपछिका केही अनुभवहरू र जेन्जी आन्दोलन पछिको अवस्था लगायतका विषयसँग केन्द्रित भएर मैन्त्रियुजले उहाँसँग कुराकानी गरेको छ ।
उहाँसँग युवा विद्यार्थीहरूले आगामी दिनमा गर्नुपर्ने योजना, रणनीतिलगायतका विषयसँग पनि केन्द्रित भएर गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौँ । कीर्तिपुरमा सम्पन्न चौविसौँ महाधिवेशनबाटै अध्यक्ष बन्ने तयारीमा रहे पनि उहाँ निर्वाचनमार्फत महासचिवमा विजयी हुनुभएको थियो । बाइसौँ महाधिवेशनदेखि केन्द्रीय कमिटीको जिम्मेवारीमा रहनु भएका उहाँ बत्तीस वर्षको उमेरहदको मापदण्ड लगाएसँगै धेरै सिनियर नेताहरु अनेरास्ववियुबाट विदा हुनुपर्ने बाध्यतापछि उहाँले स्वाभाविकै रुपमा अध्यक्षको दाबी गर्नुभएको थियो ।
उहाँ स्वंय पनि पार्टीभित्रको विभिन्न कारण लगायतले विशेष परिस्थितिका कारण महासचिव पदमा उम्मेदवार बनेको स्वीकार गर्नुहुन्छ । जेनजी आन्दोलनपछिको अवस्थामा भने उहाँले नेतृत्व लिनुपर्ने अवस्था आइदियो । राजनीतिक सुझबुझसहितका युवा नेता धामीले जेनजी आन्दोलनपछिको अवस्थामा देखाएको सक्रियता नै उहाँका लागि अध्यक्ष बन्ने बाटो बनिदियो । विशेष परिस्थितिमा पाएको जिम्मेवारीलाई कुशल ढंगले हाँक्न सक्ने ल्याकतसहित जिम्मेवारीमा रहनु भएका धामी टोल,गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म अनेरास्ववियुलाई जागरुक बनाउनुपर्ने बेलाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँसँगको भिडियो संवाद