वीरगञ्ज भन्सारबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात
पर्सा, ११ मङ्सिर । वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।
गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।