ताप्लेजुङको फलैँचा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प
काठमाडौँ, १९ पुस । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६:१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो ।
भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपाल भूकम्पीय जोखिमको हिसाबले सक्रिय क्षेत्र मानिने हिमालय पर्वत श्रृङ्खलामै अवस्थित रहेकाले यहाँ विभिन्न समयमा साना तथा ठूला भूकम्प र पराकम्पनहरू जाने गरेका छन् । हालसम्म यस भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।