एमाले झापाकाे ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, अध्यक्ष ओलीकाे यस्ताे छ खाका (पूर्णपाठ)

झापा , ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ को ४२ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र पूर्वाधार विकासलाई मुख्य चार खम्बाका रूपमा अघि सारिएको छ ।

अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा समकालीन राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ चरित्रप्रति तिखो टिप्पणी गरिएको छ । स्पष्ट राजनीतिक कार्यदिशा र दर्शन नभएका शक्तिहरूले सामाजिक सञ्जाल र विद्युतीय माध्यमको दुरुपयोग गर्दै भ्रम छरेको निष्कर्ष निकालिएको छ ।

एमालेले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न विगतका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी लिने प्रतिबद्धता जनाएको छ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र नेपाललाई भूपरिवेष्ठितबाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँगको कूटनीतिक पहललाई निरन्तरता दिने उल्लेख छ ।

४२ बुँदे मुख्य योजनाहरूकाे सूची यस्ताे छ : amale new