दार्चुलामा जिप दुर्घटना हुँदा सिँचाइका दुई कर्मचारीको मृत्यु, अन्य चार जना घाइते

दार्चुला, १७ चैत । दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएकाे छ ।

ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उहाँहरू काडापारीबाट ओसिलतर्फ जानुभएको जनाइएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।