ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति
ओखलढुङ्गा, २१ चैत । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२, केउरेनीमा दुई वटा घरमा आगलागी हुँदा रु ५७ लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा बुद्धिकुमार आचार्यका दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन,सुनचाँदीलगायत घरमा रहेको रु १० लाख नगदसमेत खरानी भएको छ । आगलागीमा रु ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो ।