उद्योग वाणिज्य महासङ्घको एसोसिएट उपाध्यक्षमा प्रबलजङ्ग पाण्डे विजयी

काठमाडौँ, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को एसोसिएट उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन्।

मतगणनाको अन्तिम परिणाम आउनुअघि नै गणना गर्न बाँकी मतभन्दा पाण्डेको अग्रता (मतान्तर) बढी भएपछि उनको जित सुनिश्चित भएको हो। यद्यपि, निर्वाचन समितिले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *