११ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ, २३ वैशाख । नेपाल सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवहरूको सरुवा गरेको छ।

गत सोमबार (२१ वैशाख) बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सरुवाको औपचारिक जानकारी गराएको छ।

मन्त्रालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा र सञ्चार मन्त्रालयकै अर्का सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा त्यसअन्तर्गत रहने गरी सरुवा गरिएको छ।

यता, प्रधानमन्त्री कार्यालयका सहसचिव अनिलकुमार दत्त र अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ। अन्य ६ जना सहसचिवहरूको सरुवा विवरण पनि मन्त्रालयले सार्वजनिक गरेको छ।