भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज सम्मानित
भक्तपुर, २६ वैशाख । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामा सम्मानित हुनुभएकाे छ । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई शनिबार एक विशेष समारोहका बीच सम्मान गरिएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका लामालाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला केसी नेपालले सम्मान पत्रसहित सम्मान गर्नुभएकाे हाे । विद्या आर्जन सितेरियो कराते शाखा र दधिकोट दोजोद्वारा आयोजित ‘प्रथम खुला कराते प्रतियोगिता’ को अवसरमा उहाँ सम्मानित हुनुभएको हो । सोही कार्यक्रममा भक्तपुर लेखापढी व्यवसायी संघका अध्यक्ष राम राना लगायतका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
सूर्यबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री नेपालले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा १३औँ सागका दोहोरो स्वर्ण पदक विजेता एवं राष्ट्रिय टिम प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, एमाले नेतृ रञ्जिता लामा, दावा गुरुङ, प्रकाश मोहन धौभडेल, महेश रञ्जित लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विपिन राना र कराते प्रशिक्षक पुरुषोत्तम पोखरेलले अनुशासित समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहेकाे चर्चा गर्नुभयो ।