चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

काठमाडौँ, १५ वैशाख । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित १० जनाको दरखास्त परेको छ। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तोकेको म्यादभित्र १० जनाको आवेदन दर्ता भएको हो।

आयोगको उपाध्यक्षका लागि आवेदन दिनेहरूमा:
१. प्रा.डा. श्रीकृष्ण गिरी (पूर्वउपाध्यक्ष)
२. डा. रोशन पोखरेल (पूर्वस्वास्थ्य तथा जनसङ्ख्या सचिव)
३. प्रा.डा. गेहनाथ बराल
४. प्रा.डा. दिनेशकुमार लम्साल
५. प्रा.डा. दीपेन्द्र श्रेष्ठ
६. प्रा.डा. देवेन्द्रबहादुर खत्री
७. सह–प्रा.डा. प्रमोदकुमार यादव
८. प्रा.डा. सञ्जयकुमार श्रेष्ठ
९. प्रा.डा. सुरज बज्राचार्य
१०. प्रा.डा. शैलेश प्रधान

सिफारिस समितिले आवेदकहरूका लागि कार्ययोजनासहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार आगामी जेठ २६ गते कार्ययोजनाको प्रस्तुतीकरण र जेठ २७ गते अन्तर्वार्ताका लागि समय तोकिएको छ।

गत वैशाख १९ गते जारी अध्यादेशमार्फत चैत १२ गतेअघिका नियुक्ति खारेज गर्ने व्यवस्था गरिएपछि तत्कालीन उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले पद छाड्नुपरेको थियो। रिक्त पदमा नयाँ नियुक्ति नहुँदासम्म दैनिक कार्यसम्पादनका लागि पूर्वउपाध्यक्ष प्रा.डा. गिरीलाई नै जिम्मेवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *