भारतमा ककरोच जनता पार्टीको आन्दोलन आक्रमक बन्दै, प्रगति, विकास र राष्ट्रनिर्माणको बाटो रोज्न रक्षा मन्त्री राजनाथ सिंहको आग्रह

काठमाडौं, ६ साउन । ककरोच जनता पार्टीले जन्तर–मन्तरलगायतका स्थानको प्रदर्शनलाई थप पेचिलो बनाउँदै लगेका छन् । जुलाई २० मा संसद भवनतर्फ मार्च गर्ने आह्वान गरेको थियो। प्रश्नपत्र लिक र अन्य अनियमितताहरूलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका उनिहरुले त्यसपछिका दिनमा पनि प्रदर्शनलाई रिन्तरता दिदैँ आएका छन् ।
पछिल्लो समय उनिहरुले निषेधित क्षेत्र तोड्ने अराजक काम गर्ने जस्ता गतिविधिलाई बढवा दिन थालेपछि पुलिस पनि आक्रमक बन्न थालेको छ । उता दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा भारतको बिहारको राजधानी पटनालगायतका स्थानमा पनि प्रदर्शहरु हुन थालेका छन् । बुधबार अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा विद्यार्थीहरूले बिहारमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा आइसासँगै विभिन्न अन्य विद्यार्थी संगठनका सदस्यहरूको पनि सहभागिता रहेको छ । प्रदर्शनकारीहरूको र्‍याली गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ जाने तयारी गरे पनि जेपी गोलम्बर नजिकै प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।

बीबीसीका अनुसार प्रहरीले कम्तीमा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोप लगाइएको छ। प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शनकारीहरू जेपी गोलम्बरबाट अघि बढ्दै डाक बंगला चोकसम्म पुगेका थिए। प्रदर्शनका क्रममा उनीहरूले लगातार ‘गोदी मिडिया गो ब्याक’ भन्दै नाराबाजी गरेका थिए
त्यस्तै भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आन्दोलन आक्रमक बन्न थालेपछि बुधबार मिडियासँग कुरा गर्दै दिल्लीमा जारी विरोध प्रदर्शनलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ । उहाँले त्यो धेरै दुर्भाग्यपूर्ण रहेको भन्दै केही मानिसहरू, विद्यार्थी र युवाहरूलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि, एउटा राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो सरकार युवाहरूको आकांक्षा पूरा गर्न र उनीहरूको कल्याणप्रति पूर्ण रूपमा प्रतिबद्ध छ। विद्यार्थीहरूको हरेक चिन्ता सुन्न र त्यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी हो,’ उहाँले भन्नुभएको छ, ‘भारतका सचेत युवाहरूले यस्ता भ्रामक प्रयासहरूलाई राम्ररी बुझ्छन्।’ उहाँले भारतका सचेत, परिपक्व र विवेकशील युवाहरूले यस्ता भ्रामक प्रयासहरूलाई राम्ररी बुझ्छन् भन्दै उनीहरूलाई प्रगति, विकास र राष्ट्रनिर्माणको बाटो रोज्न आग्रह गरेका छन् । ‘हामी यो कुरामा पनि पूर्ण रूपमा प्रतिबद्ध छौँ कि हाम्रा विद्यार्थी र युवाहरूसँग कुनै पनि किसिमको अन्याय नहोस्,’ उहाँले भन्नुभयो ।