विदेशी मुद्राको विनिमय दर यस्ताे छ आज, डलर १५३ रुपैयाँ नजिक, अन्य मुद्राको भाउ कति ?
काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङसहितका प्रमुख मुद्राहरूको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३९ पैसा र बिक्री दर १५२ रुपैयाँ ९९ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ २८ पैसा र बिक्री दर १७६ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ २३ पैसा र बिक्री दर २०७ रुपैयाँ ०४ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ४१ पैसा र बिक्री दर १८८ रुपैयाँ १४ पैसा तोकिएको छ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया जानेहरूका लागि प्रमुख मुद्राहरूको दर यस प्रकार छ:
कतार रियाल: खरिद ४१ रुपैयाँ ८२ पैसा, बिक्री ४१ रुपैयाँ ९८ पैसा।
साउदी रियाल: खरिद ४० रुपैयाँ ५९ पैसा, बिक्री ४० रुपैयाँ ७५ पैसा।
युएई दिराम: खरिद ४१ रुपैयाँ ४९ पैसा, बिक्री ४१ रुपैयाँ ६५ पैसा।
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ ३० पैसा, बिक्री ३७ रुपैयाँ ४४ पैसा।
कुवेती दिनार: खरिद ४९५ रुपैयाँ ९८ पैसा, बिक्री ४९७ रुपैयाँ ९३ पैसा।
अन्य देशका मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०७ रुपैयाँ ९५ पैसा, बिक्री १०८ रुपैयाँ ३८ पैसा।
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ६० पैसा, बिक्री २२ रुपैयाँ ६९ पैसा।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ५७ पैसा, बिक्री ९ रुपैयाँ ६० पैसा।
दक्षिण कोरियन वन (१००): खरिद १० रुपैयाँ ७६ पैसा, बिक्री १० रुपैयाँ ८० पैसा।
भारतीय रुपैयाँ (१००): खरिद १६० रुपैयाँ, बिक्री १६० रुपैयाँ १५ पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सक्नेछ।