सुनको मूल्य तोलामा २,८०० रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो

काठमाडौँ, ७ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा पुनः वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको छ भने चाँदीको मूल्य प्रतितोला रु १० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार ५०० कायम गरिएको छ। यसैगरी, असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १६ हजार ७०० र असली चाँदी प्रतितोला रु चार हजार ९८५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ६२३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६९ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *