गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
काठमाडौँ, असोज ४ । झापा गाउँपालिका ४ गोरुगाडामा मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन आवाका अनुसार शनिबार साँझ राजगढबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकल गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनी गम्भीर घाइते हुनुभएको थियो ।
दुर्घटनामा छातीमा गम्भीर चोट लागेका यमिनीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि गत बिहीबार पनि झापा गाउँपालिका ३ मा भएको मोटरसाइकल दुर्घटनामा एक भारतीय युवकको मृत्यु भएको थियो ।
