डलरको १५३ रुपैयाँ, युके पाउन्ड २०३ रुपैयाँ पुग्याे, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको १०८ रुपैयाँ २३ पैसा र १०८ रुपैयाँ ६५ पैसा तथा सिङ्गापुर डलर एकको ११९ रुपैयाँ ८७ पैसा र १२० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८४ पैसा र २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको ४० रुपैयाँ ८३ पैसा र ४० रुपैयाँ ९९ पैसा तथा कतारी रियाल एकको ४२ रुपैयाँ ५ पैसा र ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको ४१ रुपैयाँ ७३ पैसा र ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ५३ पैसा र ३७ रुपैयाँ ६७ पैसा तथा दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ २७ पैसा र ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ३२ पैसा र २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको ४९८ रुपैयाँ १५ पैसा र ५०० रुपैयाँ १० पैसा, बहराइन दिनार एकको ४०६ रुपैयाँ ६१ पैसा र ४०८ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको ३९८ रुपैयाँ १२ पैसा र ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *