गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेतासँग भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओली
काठमाडौं, १४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चार प्रदेशका नेता तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गर्न लागेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले हिजो कोसी, मधेस, वाग्मती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यहरूसँग भर्चुअल संवाद गर्दै हुनुहुन्छ । त्यसैगरी, ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल सम्बोधन गर्नुभएको थियो ।
