राष्ट्रिय भेलाको दोस्रो दिनः एकतावद्ध एमाले बनाएर स्थानीय तहको निर्वाचनमा गुमेको शक्ति फर्काउने नेताहरुको संकल्प
काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको सन्र्दभ पारेर आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ नेता विद्यादेवी भण्डारी उपाध्यक्ष रामबहादुर थापा बादललगायतका नेताले सम्वोधन गर्नुभएको छ । मुलुकभरीका ३ हजार ४ बढी प्रतिनिधिलाई एउटै छानामुनि राखेर एमालेले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
काठमाडौंको थापाथली हाइटस्थित कार्की बैंक्वेटमा आयोजना गरेको भेलाको दोस्रो दिन पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता भण्डारी, उपाध्यक्ष वादललगायतका नेताले सम्वोधनका क्रममा राष्ट्रिय भेलामार्फत एकताको सन्देश दिँदै आगामी स्थानीय तह, प्रदेश र राष्ट्रिय सभाका निर्वाचनमा सशक्त संगठनसहित अघि बढ्नुपर्ने, फागुन २१ को चुनावी धक्का अस्थायी भएको, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको जस्ता सन्देशहरु सुनाउनु भएको छ ।
केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी उक्त भेलाले एकताको सन्देश दिने अपेक्षा पनि नेताकार्यकर्ताहरुले गर्दै आएका छन् ।
पछिल्लो समय नेकपा (एमाले) कमजोर भयो भन्ने आरोप लगिरहेका बेला र पार्टी भित्र गुटबन्दी बढ्यो भनेर चर्चा चलिरहेका बेला एमालेले एकताको सन्देश दिने गरी सो भेलाको आयोजना गरेको जानकारी दिएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति र सम्बोधनका कारण पनि एमाले अब तिक्ततारहित ढंगले अघि बढेको अनुमान धेरैले गरेका छन् । भेलाले एकताको सन्देशसहित आम एमालेका अगुवा नेताहरुलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, हुँदै गाउँसम्म पुर्याउने उदेश्य पनि एमालेले लिएको छ ।
भेलामा उपस्थित नेता–कार्यकर्ताको मुहारमा पनि एक प्रकारको सकारात्मक सन्देशसहित गाउँ फर्किने उदेश्यले भेला भएको सन्देश दिन्थ्यो । ओलीले हिजो उद्घाटनका क्रममा एमाले कसैको कृपाबाट बनेको पार्टी नभएको उल्लेख गर्नुभएको थियो । उहाँले हिजो सम्वोधनका क्रममा फेसबुकमा लेखेर एमाले कमजोर नहुने भन्दै हेर्दाहेर्दै मुलुकको नेतृत्व गर्ने दलका रुपमा फर्किने पनि दाबी गर्नुभएको थियो ।
आज पनि उहाँले सम्वोध गर्दै वर्तमान सरकार स्वेच्छाचारी र फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यताका हिसाबले खस्किँदै गएको तथा समाज उल्टो बाटोबाट अघि बढिरहेको उहाँको टिप्पणी थियो। पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेलास्थलमा बस्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन गर्दै भन्नुभयो( ुएमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्यो ।
हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरु हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरुलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिनुभयो ।
आज पनि उहाँले सम्वोध गर्दै वर्तमान सरकार स्वेच्छाचारी र फासीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यताका हिसाबले खस्किँदै गएको तथा समाज उल्टो बाटोबाट अघि बढिरहेको उहाँको टिप्पणी थियो। पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेलास्थलमा बस्न आग्रह गर्नुभएको छ ।
ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताउनु भएको छ । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन पूर्व भएका ध्वंस्स,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गर्नुभयो । ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यती नबुझी राजनीति बुझिदैन ।’
अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताउनुभयो । उहाँले अल्गोदिम लगाएर,सामाजिक सञ्जालका माध्यमबाट एमालेलाई कमजोर बनाउने खेल भएको पनि टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताउनु भयो । उहाँले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गर्नुभयो ।
भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैनु, उहाँले भन्नुभयो । गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उहाँले बताउनुभयो । ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो । सम्बोधनका क्रममा भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताउनुभयो ।
पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ९जबज०लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने उहाँले बताउनुभयो । आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न उहाँले नेता(कार्यकर्तालाई निर्देशन दिनुभयो ।
त्यसैगरी, युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढंगले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष बादलले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीद्वारा निर्धारित तथा निर्देशित ‘दुई कार्यभार र पन्ध्र काम’ को लक्ष्य हासिल गर्न र त्यसको तयारीमा जुट्नका लागि राष्ट्रिय भेला एउटा अङ्ग भएको उहाँले बताउनुभयो ।
पार्टीको राष्ट्रिय भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति भएको बताउँदै उपाध्यक्ष थापाले भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गर्नुभयो ।
पार्टीको संसदीय दलका नेतासमेत रहनुभएका थापाले आगामी स्थानीय, प्रदेश, राष्ट्रिय सभा निर्वाचनको तयारी गर्दा गत फागुन २१ मा भएको निर्वाचनबारे पार्टीद्वारा गरिएको समीक्षालाई ध्यान दिनु जरुरी रहेको र त्यसको जगमा टेकेर चुनावको सही रणनीति तय गरिने उहाँले बताउनुभयो ।
उहाँले केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुर्याउन पार्टीको पुनर्निर्माण गर्नुपर्ने, राष्ट्रियता तथा लोकतन्त्र फर्काउनका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको पूर्वतयारी गर्नुपर्ने, संविधान रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने तथा जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने निर्णय गरेको बताउनुभयो ।
आगामी वर्ष निर्वाचन वर्ष भएकाले पालिका, प्रदेश र राष्ट्रिय सभाका निर्वाचनहरू लोकतान्त्रिक शक्तिहरूका लागि असामान्य परिस्थिति भएको औंल्याउँदै गत फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न भएको उहाँले बताउनुभयो ।
