मुगुमा जीपमाथि पहिरो खस्यो, मानवीय क्षति नभएको प्रहरीको जानकारी
काठमाडाैं, २१ असाेज । मुगुको छायाँनाथ रारा नगरपालिकामा बोलेरो जीपमाथि पहिरो खसेको छ। वडा नम्बर १२ स्थित सुनातामा आज बिहान १०:३० बजेतिर गमगढी फर्किंदै गरेको लु.प्र. ००१०१ च १२११ नम्बरको जीप पहिरोले पुरेको हो।
घटनालगत्तै अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो।
पहिरोमा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जानएकाे छ । प्रहरीका अनुसार हाल पहिरोबाट जीप निकाल्ने काम भइरहेको छ।
