वर्षाले बीपी राजमार्ग अवरुद्ध बनेपछि धमाधम पहिरो पन्छाएर खुलाइँदै

काठमाडौं, १५ कात्तिक । वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन धमाधम पहिरो हटाउने काम भइरहेको छ।

शुक्रबार र शनिबारको वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको तथा सडकमा लेदो जमेका कारण शनिबार बिहानदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।

काभ्रेको रोशी गाउँपालिका–गिम्दीबेँसी क्षेत्रमा आज बिहानदेखि डोजर प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ। सडक खुलाउन आवश्यक प्रयास भइरहेको भए पनि पहिरो र लेदोका कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ।

वर्षाका कारण खोटाङ र ललितपुरका विभिन्न सडकखण्डसमेत अवरुद्ध भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *